एनसीसी बैंकको छलाङ, नाफा, ईपीएससहित अधिकांश सूचकमा चम्कियो « Arthapath.com
७ बैशाख २०७९, बुधबार

एनसीसी बैंकको छलाङ, नाफा, ईपीएससहित अधिकांश सूचकमा चम्कियो



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३५.१० प्रतिशत बढेर १ अर्ब ४८ करोड ७७ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ११ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २६.८३ प्रतिशत बढेर २ अर्ब ७३ करोड ८१ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब १५ करोड ८९ लाख १६ हजार रुपैयाँ खुद बयाज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा २३.२६ प्रतिशत बढेर १ अर्ब ९१ करोड २९ लाख ४२ हजार रुपैयाँ र वितरणयोग्य नाफा ९७ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ, जगेडा कोष १०.६५ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ९ लाख ५० हजार रुपैयाँ, निक्षेप १७.८१ प्रतिशत बढेर १ खर्ब २५ अर्ब ६६ करोड २९ लाख १७ हजार रुपैयाँ र कर्जा २३.५८ प्रतिशत बढेर १ खर्ब १६ अर्ब ८८ करोड ३६ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा बढेर १७ रुपैयाँ ८१ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४.२३ रुपैयाँ रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.६९ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्