सेञ्चुरी बैंकको अधिकांश सूचकमा उछाल, नाफा १८४ प्रतिशत बढेर अर्ब क्लबमा, ईपीएस १४.१७ रुपैयाँ « Arthapath.com
७ बैशाख २०७९, बुधबार

सेञ्चुरी बैंकको अधिकांश सूचकमा उछाल, नाफा १८४ प्रतिशत बढेर अर्ब क्लबमा, ईपीएस १४.१७ रुपैयाँ



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १८३.५९ प्रतिशत बढेर १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.६६ प्रतिशत बढेर २ अर्ब १४ करोड १६ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ७९ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा २१२.७६ प्रतिशत बढेर १ अर्ब ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ५१ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५.७५ प्रतिशत बढेर ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ, जगेडा कोष २३.०१ प्रतिशत बढेर २ अर्ब ३० करोड ८१ लाख ५५ हजार रुपैयाँ, निक्षेप ३.१८ प्रतिशत घटेर ९० अर्ब ५२ करोड ४७ हजार रुपैयाँ र कर्जा ११.६६ प्रतिशत बढेर ८७ अर्ब २ करोड २७ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८८ पैसा बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५.२९ रुपैयाँ रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ।


प्रतिक्रिया दिनुहोस्