लक्ष्मी बैंकको नाफा १ अर्व २८ कराेड, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३३.३१ प्रतिशत घटेर ८५ करोड ८९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ८.६३ प्रतिशत बढेर २ अर्ब ५५ करोड ५८ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ३५ करोड २६ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको सञ्चालन मुनाफा ३०.१५ प्रतिशत घटेर १ अर्ब २६ करोड ६७ लाख ८३ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ६५ करोड ८९ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष २१.९६ प्रतिशत घटेर ४ अर्ब ८३ करोड ९२ लाख ५४ हजार रुपैयाँ, निक्षेप १८.०३ प्रतिशत बढेर १ खर्ब ३५ अर्ब २६ करोड ९४ लाख ४७ हजार रुपैयाँ र कर्जा २२.५४ प्रतिशत बढेर १ खर्ब २८ अर्ब ९२ करोड ५६ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ९१ पैसामा सीमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.५२ गुणा रहेको छ ।