एनएमबि बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, यी सूचकमा मार्याे फड्को « Arthapath.com
७ बैशाख २०७९, बुधबार

एनएमबि बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, यी सूचकमा मार्याे फड्को



काठमाडौं । एनएमबि बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५.९१ प्रतिशत बढेर २ अर्ब ६६ करोड ५२ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ५१ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेर ४ अर्ब ४२ करोड ७२ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४३ करोड ९० लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा ४.६४ प्रतिशत ३ अर्ब ७८ करोड ५३ लाख ८५ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेर १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ, जगेडा कोष ५.४० प्रतिशत बढेर ५ अर्ब ३७ करोड ८१ लाख १९ हजार रुपैयाँ, निक्षेप १२.४३ प्रतिशत १ खर्ब ८४ अर्ब ९३ करोड ८६ लाख ७ हजार रुपैयाँ र कर्जा १७.८२ प्रतिशत बढेर १ खर्ब ७७ अर्ब ९२ करोड ४७ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ०१ पैसा बढेर १९ रुपैयाँ ३५ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्