तेस्रो त्रैमासमा सानिमा बैंक प्रगति कस्तो छ ? « Arthapath.com
७ बैशाख २०७९, बुधबार

तेस्रो त्रैमासमा सानिमा बैंक प्रगति कस्तो छ ?



काठमाडौं । सानिमा बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १४.२० प्रतिशत बढेर १ अर्ब ५९ करोड २६ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ , गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ६१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी २.६१ प्रतिशत बढेर ३ अर्ब ३५ करोड ७२ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड २० लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकका सञ्चालन नाफा १४.६१ प्रतिशत घटेर २ अर्ब २५ करोड ५५ लाख ६१ हजार रुपैयाँ र वितरणयोग्य नाफा ४८१२ प्रतिशत घटेर ७३ करोड १२ लाख ४७ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७ प्रतिशत बढेर ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ, जगेडा कोष २२.४९ प्रतिशत बढेर ४ अर्ब २९ करोड २८ लाख २६ हजार रुपैयाँ, निक्षेप १४.३३ प्रतिशत बढेर १ खर्ब ४६ अर्ब ८२ करोड ७८ लाख १ हजार रुपैयाँ र कर्जा १५.२६ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब २४ करोड ४६ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८६ पैसा घटेर १८ रुपैयाँ ८७ पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ३५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्