राष्ट्र बैंकको सञ्चालकमा आचार्य र ढुङ्गाना « Arthapath.com
७ बैशाख २०७९, बुधबार

राष्ट्र बैंकको सञ्चालकमा आचार्य र ढुङ्गाना



काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकको लागि सरकारले प्रक्रिया शुरु गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक पदका लागि सरकारले २ जनाको नाम सिफारस गरेको हो ।

राष्ट्र बैंक सञ्चालकका लागि सरकारले डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम सिफारिस गरेको हो । सरकारले आचार्य र दिलीप ढुंगानाको नाम स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको हो ।

आचार्य राष्ट्र बैंकबाट अवकाशप्राप्त पूर्वकार्यकारी निर्देशक हुन् भने ढुंगाना बैंक तथा वित्तीय संस्थाको सञ्चालक भइसकेका व्यक्ति हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले आचारसंहिता लगाएका कारण स्वीकृतिका लागि आयोगमा पत्र पठाएको हो । कुनै व्यक्तिको नियुक्ति गर्नै परे सरकारले निर्वाचन आयोगबाट स्वीकृति लिनु पर्ने हुन्छ ।

आयोगको स्वीकृतिपछि मन्त्रिपरिषद्को बैठकले आचार्य र ढुंगानालाई राष्ट्र बैंक सञ्चालक समितिमा नियुक्त गर्नेछ ।

राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल गत शुक्रबारदेखि सकिएको हो । सञ्चालक डा. पौडेल र रेग्मी २०७४ वैशाख ३ गते राष्ट्र बैंकको सञ्चालकमा नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस्