आशा लघुवित्तका अधिकांश सूचकमा सुधार, नाफा बढाउँदा कुन सूचक कस्ता ? « Arthapath.com
८ बैशाख २०७९, बिहीबार

आशा लघुवित्तका अधिकांश सूचकमा सुधार, नाफा बढाउँदा कुन सूचक कस्ता ?



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १२.४१ प्रतिशत बढेर १२ करोड १४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १० करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.८७ प्रतिशत बढेर २५ करोड ३ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १८ करोड ९८ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २५.०२ प्रतिशत बढेर ३३ करोड २३ लाख ४४ हजार रुपैयाँ र सञ्चालन मुनाफा १३.०७ प्रतिशत बढेर १७ करोड ५४ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेर ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ, जगेडा कोष ४२.२३ प्रतिशत बढेर २१ करोड ८३ लाख ६६ हजार रुपैयाँ, सापटी ३२.९१ प्रतिशत बढेर २ अर्ब ८० करोड ७५ लाख ५० हजार रुपैयाँ, निक्षेप संकलन ३७.९३ प्रतिशत बढेर १ अर्ब ६४ करोड ६७ लाख ५६ हजार रुपैयाँ र कर्जा ३७.७७ प्रतिशत बढेर ५ अर्ब १ करोड ३२ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा घटेर ४७ रुपैयाँ ९२ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी २७.७५ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्