२ दिनमा १२ अर्ब रुपैयाँ निक्षेप गायव, सीडी रेसियो ९०.७७ प्रतिशत

काठमाडौं । वाणिज्य बैंकहरुकोे २ दिनमा १२ अर्ब रुपैयाँ निक्षेप घटेको छ । गत बर्ष चैत्र मसान्तसम्म ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुको १२ अर्ब रुपैयाँ घटेर बैशा २ गतेसम्म ४३ खर्ब ७७ अर्ब रुपैयाँ मात्रै संकलन गरेका हुन् ।
पछिल्लो समय बैंकहरुले ब्याजदर यथावत अर्थात स्थिर राखेपछि निक्षेप पनि घटेको हो । २ दिनको अवधिमा बैंकहरुको निक्षेप ह्वात्तै घटेको हो ।
यता २ दिनको अवधिमा वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ कर्जा घटाएका छन् । गत बर्ष चैत्र मसान्तसम्म बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । २ दिनमा २ अर्ब घटेर बैशाख २ गतेसम्म ४१ खर्ब ९५ अर्ब रुपैयाँ वितरण गरेका हुन् ।
नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ९०.७७ प्रतिशत रहेको छ ।