सनराइज बैंकको नाफासहित अधिकांश सूचकमा सुधार, वितरणयोग्य नाफा र ईपीएस कति ? « Arthapath.com
११ बैशाख २०७९, आईतवार

सनराइज बैंकको नाफासहित अधिकांश सूचकमा सुधार, वितरणयोग्य नाफा र ईपीएस कति ?



काठमाडौं । सनराइज बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १३.०४ प्रतिशत बढेर १ अर्ब २७ करोड ७३ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब १३ करोड ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १८.७९ प्रतिशत बढेर ३ अर्ब ५ करोड ३० लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड १ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा ७.९२ प्रतिशत बढेर १ अर्ब ८१ करोड ३२ लाख ५४ हजार रुपैयाँ र वितरणयोग्य नाफा १३ करोड ७० लाख २८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशत बढेर १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ, जगेडा कोष ४.१७ प्रतिशत बढेर ४ अर्ब ८० करोड ५१ लाख २५ हजार रुपैयाँ, निक्षेप २०.३८ प्रतिशत बढेर १ खर्ब २८ अर्ब ११ करोड ८२ लाख ९९ हजार रुपैयाँ र कर्जा २१.०२ प्रतिशत बढेर १ खर्ब २१ अर्ब ६१ करोड ७८ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९५ पैसा बढेर १६ रुपैयाँ ८३ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५७.१० रुपैयाँ रहेको छ ।

एनआईसी बैंकको ७ लाख १९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक शेयरधनी अनन्त कुमार गोल्याण्को नाममा रहेको ७ लाख १९ हजार ९५० कित्ता शेयर बिक्रीमा राखिएको हो ।

बैंकको उक्त शेयरमा संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

हेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्