रिलायन्स फाइनान्सका सीईओसहित संचालकको भत्ता बढ्यो, सीईओको झण्डै ५० लाख रुपैयाँ « Arthapath.com
११ बैशाख २०७९, आईतवार

रिलायन्स फाइनान्सका सीईओसहित संचालकको भत्ता बढ्यो, सीईओको झण्डै ५० लाख रुपैयाँ



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को वार्षिक तलव झण्डै ५० लाख रुपैयाँ रहेको छ । फाइनान्स कम्पनीका सीईओ अनिल श्रेष्ठले गत आर्थिक बर्ष २०७७–७८ मा पारिश्रमिक, भत्ता तथा सुविधा वापत ४१ लाख ८४ हजार ७९६ रुपैयाँ बुझेका छन् ।

अघिल्लो आर्थिक बर्ष २०७६–७७ मा सीईओ श्रेष्ठले ४० लाख ४१ हजार ८ सय रुपैयाँ मात्रै पारिश्रमिक, भत्ता तथा सुविधावापत बुझेका थिए ।

फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ मा अन्य पदाधिकारीहरु (प्रवन्धक) लाई १ करोड २३ लाख ८२ हजार ४६२ रुपैयाँ तलब, भत्ता तथा अन्य सुविधा वापत बुझेका छन् । अघिल्लो आर्थिक बर्ष २०७६–७७ मा अन्य पदाधिकारीहरु (प्रवन्धक) ले तलब, भत्ता तथा अन्य सुविधा वापत ८४ लाख १९ हजार ५१० रुपैयाँ बुझेका थिए ।

त्यस्तै, फाइनान्सले आर्थिक बर्ष २०७७–७८ मा बैठक भत्ता वापत अध्यक्षलाई प्रतिबैठक भत्ता ७ हजार ५ सय रुपैयाँ र पत्रपत्रिका तथा बोवाइल सुविधावापत १ हजार ५ रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, संचाललाई प्रतिबैठक भत्ता वापत ७ हजार रुपैयाँ र पत्रपत्रिका तथा मोवाइल सुविधावापत १ हजार ५ सय रुपैयाँ भुक्तान गरेको छ । अघिल्लो आर्थिक बर्षमा प्रतिबैठक भत्ता वापत अध्यक्षले ५ हजार ५ सय र संचालकले ५ हजार रुपैयाँ बुझेका थिए ।

यता फाइनान्सले आर्थिक बर्ष २०७७–७८ मा कर्मचारी व्यवस्थापन खर्चवापत १० करोड ६५ लाख ६७ हजार २५८ रुपैयाँ र कार्यालय व्यवस्थापन खर्च वापत ७ करोड ४८ लाख १ हजार ३९ रुपैयाँ गरी कूल १८ करोड १३ लाख ६८ हजार २९७ रुपैयाँ कुल व्यवस्थापन खर्च गरेको छ ।

अघिल्लो आर्थिक बर्ष २०७६–७७ मा कर्मचारी व्यवस्थापन खर्चवापत ८ करोड ३५ लाख ६४ हजार २४३ रुपैयाँ र कार्यालय व्यवस्थापन खर्च वापत ५ करोड ८१ लाख ७७ हजार ६४१ रुपैयाँ गरी कूल १४ करोड १७ लाख ४१ हजार ८८४ रुपैयाँ कुल व्यवस्थापन खर्च गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्