बिहीबारसम्मका लागि गभर्नर अधिकारीको मुद्दा स्थगित

काठमाडौं । राष्ट्र बैंकका भगर्नरको रिट आज हेर्दाहेर्दैमा स्थगित भएको छ । बंगलबार करिब एक दर्जन वकिले बहस गरे पनि बहस नसकिएपछि स्थगित गरिएको हो । उक्त रिट बिहीबारसम्मका लागि स्थगित गरिएको हो । बिहीबार पनि बहस हुने छ ।
गभर्नर अधिकारीको रिट सपना प्रधानम मल्ल र टंक बहादुर मोक्तानको इजलाशमा परेको थियो । तर आज बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।
यस अघि बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एल इजलाशले गभर्नर महाप्रसाद अधिकारीमाथि कुनै कारवाही अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायधिश हरिप्रसाद फुयालको एकल इजलाशले उनीमाथि छानविन गर्नको लागि छानविन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश समेत जारी गरेको थियो ।
मंगलबार दुवैपक्षबीच छलफल भएको हो । तर आजको बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।