कुमारी बैंकको सीईओ बने रामचन्द्र खनाल « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

कुमारी बैंकको सीईओ बने रामचन्द्र खनाल



काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको कामु सीईओको रहेका खनाल बैंकको सीईओमा नियुक्त भएका हुन् ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि खनाललाई सीईओमा नियुक्त गरेको हो ।

खनाललाई बैंकले माघ २४ गत खनाललाई कामु सीईओको जिम्मेवारी दिएको थियो । करि डेढ दशक बैंकिङ्ग क्षेत्रमा काम गरेका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । खनालले एनआईसी एसिया क्यापिटलमा सीईओ भएर काम गरेका थिए । सिद्धार्थ बैंकमा पनि काम गरेको उनीसँग अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्