मर्जर तोडेका हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई राष्ट्र बैंकको कारबाही « Arthapath.com
२२ असार २०८२, आईतबार

मर्जर तोडेका हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई राष्ट्र बैंकको कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारवाही गरेको छ । मर्जर प्रक्रिया तोडेको भन्दै राष्ट्र बैंकले दुवै बैंकलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकले मर्जर तोडेको भन्दै हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारबाही स्वरुप दुवै बैंकका आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।

दुवै बैंकलाई यथाशीघ्र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जान निर्देशन दिएको राष्ट्र बैंक स्रोतले बताएको छ । यदि दुवै बैंक अब अर्को कुनै बैंकसँग मर्जर वा एक्विजिसनमा गएभने कारवाही फुकुवा हुनेछ ।

हिमालयन र एनआईबिएलले गत वर्षको बैशाख ३० गते मर्जरमा जाने सहमति गरेका थिए । एक वर्ष भित्र पनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारबाही स्वरुप दुवै बैंकका आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।

हिमालयन बैंक लिमिटेडको पौष ३० गते सम्पन्न २९ औँ वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बिचको मर्जर सम्बन्धी विशेष प्रस्ताव अस्विकृत गरेको थियो । मर्जरको पक्षमा ४३.६३ प्रतिशत, विपक्षमा ४२.२९ प्रतिशत र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेका थिए ।

प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरु मध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको थियो ।


प्रतिक्रिया दिनुहोस्