वर्तमान संकटको दोष सबैलाई बराबर दिनुपर्छः पुर्व गभर्नर रावल « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

वर्तमान संकटको दोष सबैलाई बराबर दिनुपर्छः पुर्व गभर्नर रावल



काठमाडौं । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर तिलक रावलले अदालतले राहत दिएर मलाइ राष्ट्र बैंक फर्काएको कुरा स्मरण गरेका छन् । बुधबार राष्ट्र बैंकको ६७ औं बार्सिकोत्सवको अवसरमा बोल्दै उनले आफुलाई सरकारले निलम्बन गर्दा अदालतले पुन राष्ट्र बैंक फर्काएको बताउदै हालका गभर्नर महाप्रसाद अधिकारीलाई पनि बधाइ दिए ।

विश्व अर्थतन्त्रलाई ठुला ठुला महामारीको मार पर्दै आएको उनले बताए । कोरोनाले तहसनहस गर्ने गरि कोरोना महामारीले पनि असर गरेको छ तर नेपालको अर्थतन्त्रलाइ भने खासै असर परेको थिएन । विश्व माहामारी कारण विश्वको अर्थतन्त्र भयानक अवस्थामा पुगेको भए पनि नेपालमा भने तेती असर परेको थिएन । विश्व अर्थतन्त्रलाई केही न केही कुराले असर पार्दै गइरहेको छ । चिन र अमेरीकाको ब्यापार युद्धका कारण पनि विश्व अर्थतन्त्रलाई असर पारेको जनाएका छन् ।

नुन जिरा लगायतका आयात गरेर खानेलाइ असर गरेको उनको भनाइ रहेको थियो । साँझ बिहिबार एक छाक खानाका लागि भौतारिने मजुदरी गर्ने ब्यक्तिलाई भने कोरोनाले ठूलो असर गरेको छ । अहिले भएको संकट कोरोना माहामारीको कारणले भएकाले यो संकट कुनै एक पक्षलाई मात्र दोष देखाएर आफु उम्मकिने प्रयास नगर्न आग्रह समेत गरेका छ । कोरोनाका कारण देशको अर्थतन्त्रका अधिकांश सूचकमा सुधार नदेखिका कारण कोरोनाका कारण निम्तिएको परिस्थितिलाई मध्यनगर गर्दै सबै जिम्मेवारी हुन जरुरी रहेको गर्भनर रावलले जोड दिए ।

सरकारको बजेट समेत केही काम गर्ने नसक्दा समेत मौद्रीक निति मार्फत नेपाल राष्ट्र बैंकले उद्योगि ब्यवसायलाई ठुलो राहत पुगेको विश्वास ब्यक्ति गरेको छ । अधिकारीको नेतृत्वले एकदम उत्कृष्ट काम गरेको बन्दै दोष दिन काम नगर्ने समेत रावलले जोड दिए ।

सरकारलाई मात्र दोष लगाउन प्रवृद्धि हाबी भएको भन्दै उनले भने ‘कोरोना अघि खासै राम्रो नभएको र यो दोष सबैले पाउने भएकाले कुनै एउटा ब्यक्ति तथा सरकारलाई दिन नहुने उनले बताए ।’ थला परेको अर्थतन्त्रलाई सुधार तिर लैजान सबै संघ संस्था उद्योगि ब्यवसायीहरु तथा सरकार उत्तिकै जिम्मेवारी हुनुपर्ने कुरामा उनले जोड दिए ।

उनले गभर्नर अधिकारिबारे बोल्दै गर्भनरको प्रसंशा समेत गरेका हुन । मन्त्रालय सुस्त हुदाँ देशको अर्थतन्त्रलाई सुधार तिर लैजान मौद्रिक नितिले ल्याएर सबैंकले उदारणीय काम गरेको बताएका थिए ।

उनले भने मुद्रा स्फिर्ती दर उच्च पुगेको र नेपाल राष्ट्र बैंकले केही गर्न नसकेको भन्ने आरोप निराधार रहेको रावल बताउँछन् । सबै निकाय मिलेर समुन्यव गरेर जानुपर्ने उनको सुझाव छ । चैतसम्म १३ सय अर्बको ब्यापार घाटा रहेको उनको भनाइ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्