स्वाभिमान लघुवित्तको नाफा १६.१४ प्रतिशत घट्दा ईपीएस २१ रुपैयाँ गिरावट « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

स्वाभिमान लघुवित्तको नाफा १६.१४ प्रतिशत घट्दा ईपीएस २१ रुपैयाँ गिरावट



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १६.१४ प्रतिशत घटेर ३ करोड ३१ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ९५ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको सञ्चालन नाफा २९.१८ प्रतिशत घटेर ३ करोड ७८ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ ।

चैत्र मसान्तसम्ममा लघुवित्तको खुद ब्याज २०.३४ प्रतिशत बढेर ८ करोड ५४ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड १० लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३२.३० प्रतिशत बढेर १२ करोड १७ लाख ८२ हजार रुपैयाँ, जगेडा कोष २७.८५ प्रतिशत बढेर ६ करोड ४७ लाख १३ हजार रुपैयाँ, सापटि रकम २२.३९ प्रतिशत बढेर १ अर्ब २७ करोड ३० लाख ७७ हजार रुपैयाँ, निक्षेप संकलन ३३.३९ प्रतिशत बढेर ६२ करोड ६६ लाख ७१ हजार रुपैयाँ र कर्जा ४३.४३ प्रतिशत बढेर १ अर्ब ९९ करोड ४३ लाख १० हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९९ पैसा घटेर ३६ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ०५ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४५.९६ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्