गणपति लघुवित्तको नाफा ४८.३५ प्रतिशत र ईपीएस १५.०९ रुपैयाँ घट्यो « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

गणपति लघुवित्तको नाफा ४८.३५ प्रतिशत र ईपीएस १५.०९ रुपैयाँ घट्यो



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासा खुद नाफा ४८.३५ प्रतिशत घटेर १ करोड ३१ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड ५४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २.६२ प्रतिशत घटेर ९ करोड २२ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ९ करोड ४७ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ५.६८ प्रतिशत बढेर १२ करोड ८३ लाख १ हजार रुपैयाँ र सञ्चालन नाफा ६८.५४ प्रतिशत घटेर ६८ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर १५ करोड १५ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष ६.४४ प्रतिशत बढेर ४ करोड २४ लाख ४२ हजार रुपैयाँ, सापटी ५१.७३ प्रतिशत बढेर १ अर्ब ४८ करोड २७ लाख २९ हजार रुपैयाँ, निक्षेप २९.०४ प्रतिशत बढेर ५५ करोड ३१ लाख २० हजार रुपैयाँ र कर्जा ४३.८८ प्रतिशत बढेर २ अर्ब १९ करोड २७ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९ पैसा घटेर ११ रुपैयाँ ९ पैसामा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ११०.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्