आईपीओ निष्काशनको तयारीमा रहेको अभियान लघुवित्तको नाफा १० प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ? « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

आईपीओ निष्काशनको तयारीमा रहेको अभियान लघुवित्तको नाफा १० प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ९.५६ प्रतिशत बढेर १ करोड ११ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ करोड २ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालस आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ८२.७६ प्रतिशत बढेर ७ करोड ३५ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड २ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीको सञ्चालन नाफा ४८.२४ प्रतिशत बढेर १ करोड ७७ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ करोड २५ लाख रुपैयाँ, जगेडा कोष २२६६.६२ प्रतिशत बढेर १ करोड ९२ लाख ८८ हजार रुपैयाँ, सापटि रकम ३४.०८ प्रतिशत बढेर १ अर्ब ७४ करोड ४९ लाख ४५ हजार रुपैयाँ, निक्षेप संकलन ७२.८७ प्रतिशत बढेर २९ करोड १९ लाख ९८ हजार रुपैयाँ र कर्जा ४०.२१ प्रतिशत बढेर २ अर्ब १२ करोड ८४ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै लघुवित्तले धितोपत्र बोर्डमा आवेदन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्