एनबि बैंक गाभ्ने प्रस्ताव पारित गर्न नबिलले बोलायो बिशेष सभा, असारभित्रै गाभ्ने तयारी « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

एनबि बैंक गाभ्ने प्रस्ताव पारित गर्न नबिलले बोलायो बिशेष सभा, असारभित्रै गाभ्ने तयारी



काठमाडौं । नबिल बैंकले विशेष साधारण सभा बोलाएको छ । नेपाल बंगलादेश बैंकलाई गाभ्ने विशेष प्रस्ताव सहित नबिल बैंकले आफ्नो विशेष साधारण सभा बोलाएको हो । बैंकले जेठ ७ गते शनिबार बिहान ११ बजे विशेष साधारण सभा बोलाएको हो ।

नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) गाभ्ने अन्तिम तयारीमा जुटेको हो । चालु आर्थिक बर्ष भित्र नै एनबि बैंकलाई गाभ्ने तयारीमा नबिल बैंक रहेको छ । यदि चालु आव भित्र गाभ्न नसकेपनि सबै प्रक्रिया भने सक्ने लक्ष्य रहेको बैंकले जनाएको छ । जसका लागि एक्विजिसनको अख्तियारी प्रस्ताव पारित गर्न नबिल बैंकले विशेष साधारणसभा पनि बोलाएको हो ।

बैशाख २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले जेठ ७ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो । साथै बैंकले बिशेष साधारण सभा प्रयोजनार्थ बैशाख ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । आगामी असार भित्रै एक्विजिसनको प्रकृया सक्ने तयारी रहेको बैंकले जनाएको छ ।

नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड रुपैयाँ र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ । एक्विजिसनपश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पूँजी करिब २३ अर्ब रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्