आईपीओ निष्काशनको तयारीमा रहेको आर्दश लघुवित्तको नाफा ३८.१७ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

आईपीओ निष्काशनको तयारीमा रहेको आर्दश लघुवित्तको नाफा ३८.१७ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । आर्दश लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी लघुवित्तले चैत मसान्तसम्ममा खुद नाफा ३८.१७ प्रतिशतले बढेर २१ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २३.०७ प्रतिशतले बढेर १ करोड ३४ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ८ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको संचालन नाफा भने घटेको छ । गत आर्थिक वर्षको अवधिमा २४ लाख ८७ हजार रुपैयाँ संचालन नाफा गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्म आईपुग्दा संचालन नाफा ४.५८ प्रतिशतले घटेर २३ लाख ७३ हजार रुपैयाँमा सिमित भएको हो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ताँ पूँजी १४ करोड रुपैयाँ, जगेडा कोष ७१.८७ प्रतिशत बढेर ८३ लाख ८४ हजार रुपैयाँ, सापटी रकम ४२.६२ प्रतिशत बढेर १२ करोड १ लाख ११ हजार रुपैयाँ, निक्षेप संकलन २०.५० प्रतिशतले बढेर १३ करोड ७६ लाख ४ हजार रुपैयाँ र कर्जा २७ करोड ४७ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ ।

लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै लघुवित्तले धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्