नयाँ सारथी लघुवित्तको नाफा सामान्य घट्यो, ईपीएस ३३.५१ रुपैयाँ « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

नयाँ सारथी लघुवित्तको नाफा सामान्य घट्यो, ईपीएस ३३.५१ रुपैयाँ



काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २.२२ प्रतिशत घटेर ६ करोड ४० लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ५५ लाख ३० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ११.१९ प्रतिशत बढेर १८ करोड ८६ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ९६ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको कूल सञ्चालन आम्दानी १०.६६ प्रतिशत बढेर २५ करोड १९ लाख ५० हजार रुपैयाँ र सञ्चालन नाफा ११ करोड ५५ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८.३१ प्रतिशत बढेर २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष ७४.६६ प्रतिशत बढेर २९ करोड ५३ लाख ६ हजार रुपैया, निक्षेप संकलन २१.०५ प्रतिशत बढेर ९९ करोड २६ लाख ८ हजार रुपैयाँ, सापटि रकम ३.५६ प्रतिशत बढेर २ अर्ब ८१ करोड ८१ लाख ५ हजार रुपैयाँ र कर्जा २० प्रतिशत बढेर ४ अर्ब २० करोड ४० लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५१ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २१५.८३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २९.२५ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्