भर्खरै आईपीओ जारी गरेको नेष्डो लघुवित्तको नाफा १५.५४ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ? « Arthapath.com
२६ बैशाख २०७९, सोमबार

भर्खरै आईपीओ जारी गरेको नेष्डो लघुवित्तको नाफा १५.५४ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा भने घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १५.५५ प्रतिशतले घटेर १६ करोड ४७ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १९ करोड ५० लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको संचालक नाफा र खुद ब्याज आम्दानी समेत घटेको छ । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२.९२ प्रतिशतले घटेर २८ करोड ३५ लाख ५२ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ५६ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, सो अवधिमा कम्पनीको संचालन नाफा समेत १५.५५ प्रतिशतले घटेर २६ करोड १५ लाख २१ हजार रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ९६ लाख ७२ हजार रुपैयाँ संचालन नाफा गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ताँपूँजी २५ करो ५० लाख रुपैयाँ, जगेडा कोष २६.९२ प्रतिशतले बढेर ५८ करोड ४६ लाख ६२ हजार रुपैयाँ, सापटी ११.०२ प्रतिशतले बढेर ४५ करोड ३४ लाख ३९ हजार रुपैयाँ, निक्षेप १२.०२ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ९ लाख २६ हजार रुपैयाँ र कर्जा १६.९४ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ४७ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको सो अवधिमा प्रतिसेयर आम्दानी ८६ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ ३२९ रुपैयाँ २८ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्