गोर्खाज फाइनान्सको साधारण सभा जेठ २७ गते, शेयरधनीको हात रित्तो « Arthapath.com
२७ बैशाख २०७९, मंगलवार

गोर्खाज फाइनान्सको साधारण सभा जेठ २७ गते, शेयरधनीको हात रित्तो



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २७औं वार्षिक साधारण सभा जेठ २७ गतेका लागि बोलाएको छ । बैशाख २६ गते बसेको संचालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेट बानेश्वर काठमाडौंमा बिहान ११.३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षका वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन । सो कारण शेयरधनीहरुको हाता खाली हुने भएको छ । कम्पनीको हाल चुक्तापूँजी ६८ करोड ७९ लाख ९३ हजार ८ सय रुपैयाँ रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ जेठ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्