ऋणपत्र निष्कासनका लागि सिद्धार्थ बैंक र बैंक अफ काठमाण्डूले दिए बोर्डमा आवेदन « Arthapath.com
३ जेष्ठ २०७९, मंगलवार

ऋणपत्र निष्कासनका लागि सिद्धार्थ बैंक र बैंक अफ काठमाण्डूले दिए बोर्डमा आवेदन



काठमाडौं । ऋणपत्र निष्कासन गर्नका लागि सिद्धार्थ बैंक र बैंक अफ काठमाण्डूले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।

सिद्धार्थ बैंकले ४० लाख कित्ता र बैंक अफ काठमाण्डूले ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् । सिद्धार्थ बैंकले वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न वैशाख २५ गते निवेदन दिएको हो ।

कुल ४० लाख कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेे विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड जनाएको छ ।

त्यसैगरी, बैंक अफ काठमाण्डूले ७ वर्षका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि वैशाख २६ गते निवेदन दिएको हो ।

सेबोनबाट स्वीकृति पाएपछि कुल ११ लाख कित्तामध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख ६० हजार कित्ता व्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्