सेञ्चुरी कमर्सियल बैंकको २.२ अर्बको ऋणपत्रमा आजसम्म मात्र खुला रहने, कसरि दिने आवेदन ? « Arthapath.com
४ जेष्ठ २०७९, बुधबार

सेञ्चुरी कमर्सियल बैंकको २.२ अर्बको ऋणपत्रमा आजसम्म मात्र खुला रहने, कसरि दिने आवेदन ?



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैशाख २१ ऋणपत्र निष्काशन तथा बिक्री खुला गरिएकोमा आवेदन आज (जेठ ४ गते) सम्म मात्र रहेको छ । कम्पनीले तोकेको छोटो अवधि बैशाख २५ गतेसम्म माग बमोजिम आवेदन नपर्ने देखिएपछि बैंकले ढिलो अवधिसम्म बिक्री गरेको थियो ।

बैंकले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकको ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्रको अवधि १० वर्ष रहेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २२ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्