समृद्धि फाइनान्स र भज्जु चुल्होबीच छुट सम्बन्धी सम्झौता « Arthapath.com
४ जेष्ठ २०७९, बुधबार

समृद्धि फाइनान्स र भज्जु चुल्होबीच छुट सम्बन्धी सम्झौता



काठमाडौं । समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुल्हो (नेवारी खाजा घर) बीच सम्झौता भएको छ । सम्झौतामा समृद्धि फाइनान्सका कार्मचारी तथा खातावालहरुलाई खाना तथा पेय पदार्थमा ५ हजार सम्मको बिलमा १० प्रतिशत र ५ हजार भन्दा माथिको बिलमा १२ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट यस संस्थाको चितवन शाखाको शाखा प्रवन्धक बिकास सापकोटा र भज्जु चुल्होका संचालक पार्वती श्रेष्ठले हस्ताक्षर गरेको संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्