ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकलाई अन्नपुर्ण केवलकारमा छुट

काठमाडौं । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट वैंक लिमिटेड र पोखराको एकमात्र केवलकार कम्पनी अन्नपुर्ण केवलकार प्रा.लि.विच विहीवार केवलकार शुल्कमा छुट दिने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्र वमोजिम ग्रीन डेभलपमेण्ट वैंक लि.का ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोवाईल वैंकिङ्गमार्फत् भुक्तानी गर्दा केवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन् । उक्त सम्झौतामा वैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले र केवलकार कम्पनीका तर्फवाट कम्पनीका महाप्रवन्धक दिनेश पौड्यालले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौतापत्र हस्ताक्षर समारोहमा वोल्दै वैंकका प्रमुख कार्यकारी अधिकृत आचार्यले पोखराको पर्यटन विकासका लागि संचालनमा ल्याईएको केवलकार सुविधा प्रयोग गरि वैंकका ग्राहकहरुले पर्यटन विकासमा थप टेवा पु¥याउने विश्वास ब्यक्त गरे ।
सोही कार्यक्रममा वोल्दै केवलकार कम्पनीका महाप्रवन्धक पौड्यालले पोखराको फेवाताल र सराङ्गकोटका साथै हिमालको दृश्यावलोकनलाई ध्यान दिएर सुरु गरिएको केवलकार सेवाले पोखराको पर्यटनलाई टेवा पु¥याएको र ग्रीन डेभलपमेण्ट वैंकसँग सम्झौता गरि वैंकका ग्राहकहरुलाई समेत सुविधा दिन पाउँदा कम्पनी खुशी भएको बताए ।
वैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरका विभिन्न स्थानहरुमा रहेका १६ वटा शाखा कार्यालयहरु मार्फत् आफ्ना विभिन्न आधुनिक वैकिङ्ग सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।