लुम्बिनी विकास बैंकको एटिएम कार्ड ४ घण्टा नचल्ने, यस्तो छ कारण

काठमाडौं । लुम्बिनी विकास बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकले प्रणाली अपग्रेड गर्ने पर्ने भएकाले बैंकको कार्ड, मोबाइल बैंकिङ र एन्टनेट बैंकिङ लगायतका सेवा अवरुद्ध हुने जनाएको हो ।
बैंकको उक्त सेवा जेठ ६ गते राति ११ बजेदखि जेठ ७ गते बिहान ३ बजे सम्म अवरुद्ध हुने जनाएको हो । साथै सेवा अवरुद्धका कारण पर्ने गरेको असुविधा प्रति ग्राहकहरुलाई क्षमाप्रर्थी समेत बैंकले गरेको छ ।
