समृद्धि फाइनान्सको रोजगारीको अवसरमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
६ जेष्ठ २०७९, शुक्रबार

समृद्धि फाइनान्सको रोजगारीको अवसरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । समृद्धि फाईनान्सको रोजगारीको अवसरमा आवेदन दिने आज (जेठ ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २८ गते एक सूचना सार्वजनिक गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले विभिन्न जिल्लामा रहेको शाखा कार्यालयको लागि कर्मचारी आवश्यक भएको जानकारी दिएको हो । कम्पनीले शाखा प्रबन्धक १ जना, सहायक शाखा प्रबन्धक १ जना, सहायकदेखि पर्यवेक्षक केही, प्रशिक्षर्थी केहि र बजार प्रतिनिधि मागेको हो । जसमा शैक्षिक योग्यता एसईई उत्तिर्णदेखि स्नातक उत्तिर्ण गरको साथै बैंकिङ फाइनान्स क्षेत्रमा अनुभव कर्मचारी माग गरेको हो ।

कम्पनीले ईच्छुक तथा अनुभव नेपाली नागरिकले आजसम्ममा आवश्यक कागजात संकलन गरी कम्पनीको मेल आईडि मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्