नेप्सेमा एक कम्पनीको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत « Arthapath.com
६ जेष्ठ २०७९, शुक्रबार

नेप्सेमा एक कम्पनीको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको हो ।

कम्पनीको १५० प्रतिशत हकप्रद शेयर वापतको ३० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताले सोमवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले २०७८ माघ ७ गतेदेखि २७ गतेसम्म निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।


प्रतिक्रिया दिनुहोस्