महालक्ष्मी विकास बैंक २८ औँ बर्षमा प्रवेश, सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवा प्रदान गर्ने « Arthapath.com
८ जेष्ठ २०७९, आईतवार

महालक्ष्मी विकास बैंक २८ औँ बर्षमा प्रवेश, सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवा प्रदान गर्ने



काठमाडौं । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि २८ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउने जनाएको छ ।

बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरुबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु प्रदान गरिरहेको छ । २८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ ।

‘एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी’ भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रक्त्तदान नै जीवनदान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता पुरा हुने विश्वास बैंकले लिएको छ । बैंकका ३३ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । यसका साथ साथै बैंकले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपूर, न्यूरोड गेट, महाकाल, रत्नपार्र्क, जमल हुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्