सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट गरेको छ । तोकिएको अवधि भित्र प्राप्त बोलपत्र मंगलबारका धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौं उक्त ऋणपत्र बाँडफाँट गरेको हो ।

बैंकले बैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म १० वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको “सेञ्चुरी डिबेञ्चर २०८८“ को प्रति कित्ता डिबेञ्चर अंकित मुल्य १ हजार रुपैयाँको दरले २२ लाख कित्ता डिवेन्चर बिक्रीमा ल्याएको थियो । जस मध्ये ६० प्रतिशत अर्थात १३,२०,००० कित्ता डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत अर्थात ८,८०,००० कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएका ४४,००० कित्ता समेत)बिक्रीमा ल्याएको हो ।

सर्वसाधारणमा निष्काशित ८ लाख ८० हजार कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४,००० कित्ता समेत) मध्ये सामुहिक लगानी कोषबाट माग भै आएको १०,००० कित्ता डिबेन्चर सामुहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । बाँकि ८,७०,००० कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्दा सि–आस्वा प्रणाली मार्फत आवेदन गरेका २ हजार २७२ जना आवेदकहरुबाट ७८ हजार ७८५ कित्ता डिबेन्चरको लागि आवेदन प्राप्त भएकोमा १० जना आवेदकहरुको हकमा निजहरुको अनुरोध बमोजिम ४१५ कित्ता डिवेन्चर रद्द गरी गरेको थियो ।

त्यस्तै, २ हजार २६२ जना आवेदकहरुबाट प्राप्त ७८,३७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३ लाख २० हजार कित्ता डिबेन्चरमा सर्वसाधारणको तर्फबाट आवेदन प्राप्त नभएको ७ लाख ९१ हजार ६३० कित्ता डिबेन्चर समावेश गरी जम्मा २१ लाख ११ हजार ६३० कित्ता डिबेञ्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरिएकोमा माग बमोजिम नै अर्थात २१ लाख ११ हजार ६३० कित्ता डिबेन्चरका लागि दरखास्त प्राप्त हुन आएकोले सर्वसाधारण र परिपत्र विधिवाट रीतपूर्वक दरखास्त दिएका आवेदकहरुलाई कुल २१ लाख ९० हजार कित्ता डिबेन्चर बाँडफाँट गरेको हो ।


प्रतिक्रिया दिनुहोस्