२४ वाणिज्य बैंकको ३४ करोड १७ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, ३ बैंकको किन भएन ? « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

२४ वाणिज्य बैंकको ३४ करोड १७ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, ३ बैंकको किन भएन ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन् कम्पनीको विभिन्न २४ वटा वाणिज्य बैंकहरुको बोनस शेयर सूचीकृत भइसकेको छ । वाणिज्य बैंकहरुले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २७ वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेका छन् । तर नेप्सेमा ३ वटा वाणिज्य बैंकको भने बोनस शेयर सूचीकृत भएको छैन् । एनआईसी एशिया बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको बोनस शेयर भने सूचीकृत भएको छैन् ।

गत आर्थिक बर्षको नाफाबाट वाणिज्य बैंकहरुले बोनस शेयर वितरण गर्दा २४ वटा वाणिज्य बैंकहरुले ३४ करोड १७ लाख ९२ हजार ५५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा ३ वटा वाणिज्य बैंकहरुको बोनस शेयर जोडिएको छैन् ।

१. नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस शेयर बापतको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. नेपाल एसबिआई बैंक लिमिटेडको ३.५० प्रतिशत बोनस शेयर बापतको ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.८१ प्रतिशत नगद गरी कूल ५.३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. एनएमबि बैंक लिमिटेडको १२.५० प्रतिशत बोनस शेयर बापतको २ करोड ४ लाख ७ हजार ४५१.०७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ५३ लाख ३६ हजार २३०.३१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.७५ प्रतिशत बोनस शेयर बापतको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशत नगद गरी कूल ६.०५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

६. कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५६ प्रतिशत नगद गरी कूल २१.०५६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर बापतको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. प्राइम कमर्सियल बैंक लिमिटेडको १६ प्रतिशत बोनस शेयर बापतको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकल गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्त पूक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. प्रभु बैंक लिमिटेडको १२ प्रतिशत बोनस शेयर वापतको १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आव २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. ग्लोबल आइएमई बैंक लिमिटेडको १० प्रतिशत बोनस शेयर वापतको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

११. नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस शेयर बापतको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१२. नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस शेयर बापतको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१३. लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस शेयर बापतको ८५ लाख ५६ हजार ५५१.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१४. सनराइज बैंक लिमिटेडको ६.६५ प्रतिशत बोनस शेयर बापतको ६३ लाख ९ हजार ४८३.०९ कित्ता बोन शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१५. सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस शेयर बापतको ४३ लाख २१ हजार ८३०.४२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१६. स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस शेयर सूचीकृत नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१७. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२.६११ प्रतिशत बोनस शेयर बापत २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१८. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ८ प्रतिशत बोनस शेयर बापतको ८२ लाख ५१ हजार ६१३.३४ कित्ता शेयर सूचीकृत भएको होे । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१९. बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२०. माछापुच्छ्रे बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस शेयर बापतको १ करोड २० लाख ४० हजार ६१० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२१. मेगा बैंक लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बानेस शेयर र कर प्रयोजनार्थ २.०७ प्रतिशत नगद गरि कूल १२.०७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२२. कुमारी बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ८३ लाख २७ हजार ८४.९० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद गरी कूल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२३. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १२.९१३ प्रतिशत बोनस शेयर बापतको १ करोड ६२ लाख ५०८.९१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.०८७ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२४. सानिमा बैंक लिमिटेडको १७ प्रतिशत बोनस शेयर बापतको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८९४७ प्रतिशत नगद गरी कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२५.एनआईसी एशिया बैंक लिमिटेड
नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक लिमिटेडको लाभांश रद्द गरेका कारण यसपटक शेयरधनीहरुले लाभांश पाएका थिएनन् । राष्ट्र बैंकले बैंकको पूँजी पर्याप्त नदेखिएको भन्दै बैंकको लाभांश रद्द गरेको थियो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशत नगद गरी कूल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर राष्ट्र बैंकले उक्त लाभांश रद्द गरेपछि नेप्सेमा सूचीकृत हुन सकेन ।

२६. हिमालयन बैंक लिमिटेड
नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडको लाभांश राकेका कारण यसपटक शेयरधनीहरुले लाभांश प्राप्त गर्न सकेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग डिमर्जर गरेका कारण लाभांश वितरणमा रोक लगाएको थियो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद गरी कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२७. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेप्सेमा सूचीकृत नभएकाले बैंकको बोनस सूचीकृत नभएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ नाफाबाट चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल ३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्