गरिमा विकास बैंकको नयाँ शाखा ड्राईभरटोल

काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजगर गर्दै शाखा बिस्तारमा तिव्रता दिएको छ । बैंकले ‘Access to All’ मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको हो ।
सोहि क्रममा आज बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राईभरटोल शाखा संचालनमा ल्याएको छ । उक्त शाखा मार्फत बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा सुविधा सहज र सरल रुपमा प्रदान गर्ने बैंकले जनाएको छ ।
गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।