सेन्ट्रल फाइनान्सको १ लाख ४४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक समूह तर्फको १ लाख ४४ हजार ४९० कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
कम्पनीका १२ जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मिति (जेठ १७ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कुपण्डोल ललितपुर र कम्पनीको शेयर रजिष्ट्रार एनएमबी क्यापिटल मार्केट्स लिमिटेड काठमाडौंमा आवेदन दिन सकिनेछ ।