गरिमा विकास बैंकले प्रहरीलाई रात्रिकालिन सुरक्षा बेल्ट हस्तान्तरण « Arthapath.com
२० असार २०८२, शुक्रबार

गरिमा विकास बैंकले प्रहरीलाई रात्रिकालिन सुरक्षा बेल्ट हस्तान्तरण



काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जा प्रहरी कार्यालयलाई रात्रिकालिन सुरक्षा बेट हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरि, समाजको विकास र स्तरोन्नतीका उक्त सहयोग गरेको हो ।

हरेक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको यस विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालिन अवस्थामा खटिने ट्राफिक प्रहरीहरुका लागि अत्यन्त आवश्यक रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरेका हुन ।

गरिमा विकास बैंकले हाल नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं सुरक्षित सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्