आगामी आर्थिक बर्षको मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, माग्यो राय सुझाव « Arthapath.com
१७ जेष्ठ २०७९, मंगलवार

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, माग्यो राय सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक बर्ष २०७९–८० को मौद्रिक नीतिको तयारीमा जुटेको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिका लागि राय सुझावहरु उपलब्ध गराउन अनुरोध गरेको छ ।

राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था अनुसार प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ । मौद्रिक नीतिका लागि सुझाव पेश गर्न आर्थिक अनुसन्धान विभागको [email protected] मा पठाउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्