सांग्रिला डेभलपमेन्ट बैंकले रातो मच्छेन्द्रनाथको जात्रामा रथ तान्ने भक्तजनलाई २ सय थान टिसर्ट « Arthapath.com
१९ जेष्ठ २०७९, बिहीबार

सांग्रिला डेभलपमेन्ट बैंकले रातो मच्छेन्द्रनाथको जात्रामा रथ तान्ने भक्तजनलाई २ सय थान टिसर्ट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रातो मच्छेन्द्रनाथको जात्रामा रथ तान्ने भक्तजनलाई टिसर्ट प्रदान गरेको छ । ललितपुर जिल्ला पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा बैंकले रथ तान्ने भक्तजनहरुलाई २०० थान टिसर्ट प्रदान गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको कुमारीपाटी शाखा मार्फत उक्त टिसर्ट वितरण गरिएको हो । ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाइ जेठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनहरुलाई जेठ १९ र २० गते जावलाखेल चोकमा बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्