नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा असार ८ गते, हकप्रद जारी गर्ने मुख्य एजेण्डा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा असार ८ गतेका लागि बोलाएको छ । बैंकको जेठ २३ गते बसेको संचालक समितिको बैठकले होटल पौवा रत्ननगर १ टाँडी चितवनमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
बैंकले हाल कायम चुक्तापूाजी २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँमा थप १.१ अनुपातमा हकप्रद शेयर जारी गरी चुक्तापूँजी ५२ करोड ४९ लाख ३५ हजार २ सय रुपैयाँ कायम गरी चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने छ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा रहेको छ ।
त्यस्तै, विशेष साधारण सभा प्रयोजनका लागि बैंकले जेठ ३० गते एक दिनका लागि बुक क्लोज गर्ने भएकले जेठ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।