नेपाल फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेपाल फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने बिहिबार (जेठ २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ६ गते देखी हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद जारी गर्ने भएको हो ।उक्त हकप्रद निष्कासनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ हुदाँ वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट जेठ २६ गते (बिहिबार) सम्म आवेदन दिन सकिनेछ ।कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार ७५२ दशमलव ५० पुग्नेछ । कम्पनीलाई हकप्रद शेयर निष्काासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत चैत ८ गते स्वीकृति दिएको हो ।


प्रतिक्रिया दिनुहोस्