नेपाल फाइनान्सको हकप्रद शेयरमा आवेदन दिनु भयो ? छुट्ला है ! आज अन्तिम दिन « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेपाल फाइनान्सको हकप्रद शेयरमा आवेदन दिनु भयो ? छुट्ला है ! आज अन्तिम दिन



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज (जेष्ठ २६ गते) अन्तिम दिन रहेको छ । फाइनान्स कम्पनीले जेठ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज बिहीबार अन्तिम दिन हो । हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । फाइनान्सको हकप्रद शेयरमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २१ गते शेयर बुकक्लोज गरेको थियो । त्यसैले बैशाख २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्