राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च पदमा रहेका व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन « Arthapath.com
२२ असार २०८२, आईतबार

राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च पदमा रहेका व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति, प्रधानमन्त्री सहित उच्च पदमा रहेका व्यक्तिहरुको खाता निगरानी गर्न निर्देशन दिएको छ । सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संसोधन गर्दै राष्ट्र बैंकले राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदस्त अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, व्यवस्थापिका संसदका सदस्य, संवैधानिक निकायको पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सो सरहको वा सोभन्दा माथिका पदाधिकारी, उच्च अदालतको न्यायाधिश वा सो भन्दा माथिल्लो तहको न्यायाधिश, उच्च राजनीतिज्ञ, राष्ट्रिय स्तरको राजनीतिक दलको केन्द्रिय पदाधिकारी, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थाको उच्च पदाधिकारी वा त्यस्तो जिम्मेवारी भएको वा पाएको ब्यक्तिको खाता निगरानीमा राख्नुपर्नेछ ।

साथै, बैंक तथा वित्तीय संस्थाले विदेशी उच्चपदस्थ व्यक्ति, संस्थाका सदस्य, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारीको खाता निगरानीमा गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले साथै कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खाता समेत निगरानीमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्