जानकी फाइनान्सको २१ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन « Arthapath.com
२७ जेष्ठ २०७९, शुक्रबार

जानकी फाइनान्सको २१ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन



काठमाडौं । जानकी फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २१ हजार २६४ कित्ता शेयर विक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी मनोज कुमार सिंहले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ २७ गते) ले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्