कामना सेवा विकास बैंकको १४औं शाखा रहित बैंकिङ्ग सेवा मोरङ्गको मिक्लाजुङमा « Arthapath.com
२७ जेष्ठ २०७९, शुक्रबार

कामना सेवा विकास बैंकको १४औं शाखा रहित बैंकिङ्ग सेवा मोरङ्गको मिक्लाजुङमा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ २७ गते शुक्रबारबाट मोरङ्ग जिल्लाको मिक्लाजुङ गाँउपालिका वडा नं ०३ धोबेनी बजारमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

मिक्लाजुङ गाँउपालिका वडा नं ०३ धोबेनी बजार स्थित सिमन इन्टरप्रइजेज (प्रो. गणेश प्रसाद भट्टराई) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०३ का वडा अध्यक्षसन्तोष कुमार थापा मगरले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन । कार्यक्रममा कालिका उच्च माध्यमिक विद्यालयका प्रध्यानध्यपक श्री मात्रिका प्रसाद न्यौपाने, टाँडी, धोबेनी बजार व्यापार संघका अध्यक्ष श्री संजय कुमार लिम्बु लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्