महालक्ष्मी विकास बैंकको ९४० कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ९४० कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ ३१ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय दरवारमार्ग काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।