आकस्मिक बैठकका लागि राष्ट्र बैंकले बोलायो वाणिज्य बैंकका सीईओहरुलाई « Arthapath.com
३१ जेष्ठ २०७९, मंगलवार

आकस्मिक बैठकका लागि राष्ट्र बैंकले बोलायो वाणिज्य बैंकका सीईओहरुलाई



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई आकस्मिक बैठकका लागि बोलाएको छ । राष्ट्र बैंकले मंगलबार दिउँसो छलफलका लागि वाणिज्य बैंकका सीईओहरुलाई बोलाएको हो ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिको तयारी गरिरहेको छ । सोही विषयमा छलफल गर्नका लागि सीईओहरुलाई बोलाएको हुन सक्ने एक सीईओले अर्थपथलाई बताए । साथै बैंकहरुको सीडी रेसियोका बारेमा समेत छलफल हुन सक्ने अनुमान गरेका छन् ।

राष्ट्र बैंकले सीईओहरुलाई ३ बजे बोलाएको हो ।


प्रतिक्रिया दिनुहोस्