राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओहरुलाई किन बोलायो ? « Arthapath.com
३१ जेष्ठ २०७९, मंगलवार

राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओहरुलाई किन बोलायो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई आकस्मिक बैठकका लागि बोलाएको छ । राष्ट्र बैंकले मंगलबार दिउँसो ३ बजे छलफलका लागि वाणिज्य बैंकका सीईओहरुलाई बोलाएको वाणिज्य बैंकका एक सीईओले अर्थपथलाई जानकारी दिए ।

राष्ट्र बैंकले असारसम्ममा सीडी रेसियो ९० प्रतिशत कायम राख्न निर्देशन नै दिएको छ । सोही विषयमा छलफल हुन सक्ने बताए । असारसम्ममा पनि सीडी रेसियो मेन्टन गर्न सकेन भने पेनाल्टी लगाउने भनेर राष्ट्र बैंकले बताउँदै आएको छ ।

बैंकहरुको सीडी रेसियो मेन्टन गर्नेबारे छलफल गर्न बोलाएको हुन सक्ने एक वाणिज्य बैंकका सीईओले अर्थपथसँग बताए । साथै वाणिज्य बैंकहरुको प्रोभिजन सम्वन्धी समेत छलफल गर्ने भएको हो । ती सीईओका अनुसार हाल केही वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको छ ।

यसका साथै नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिको तयारी गरिरहेको छ । सो विषयमा पनि छलफल गर्नका लागि सीईओहरुलाई बोलाएको हुन सक्ने ती सीईओ बताउँछन् ।

बैठकमा डेपुटी गभर्नर बम बहादुर मिश्र र बैंक सुपरिवेक्षण विभाग प्रमुख देव कुमार ढकालले बैंकका सीईओहरुसँग छलफल गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस्