बैंक तथा वित्तीय संस्थालाई पुरानै समय अनुसार सेवा संचालन गर्ने राष्ट्र बैंकको निर्देशन « Arthapath.com
३१ जेष्ठ २०७९, मंगलवार

बैंक तथा वित्तीय संस्थालाई पुरानै समय अनुसार सेवा संचालन गर्ने राष्ट्र बैंकको निर्देशन



काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई आइतबार समेत सेवा दिन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । सोमबार बैंकले एक सूचना प्रकाशित गर्दै आइतबार पनि सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै राष्ट्र बैंकले पनि आइतबार सार्वजनिक बिदा दिन बैक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । सरकारले उक्त विदा असार १ गतेदेखी लागू हुने गरी हटाएपछि राष्ट्र बैंकले समेत आइतबार समेत सेवा दिन भनेको हो ।


प्रतिक्रिया दिनुहोस्