समृद्धि फाइनान्सको ७ लाख ७२ हजार कित्ता शेयर लिलामीमा

काठमाडौं । समृद्धि फाइनान्सले आज (असार १ गते) देखि ७ लाख ७२ हजार ६६६ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानि न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
आवेदन दिने अन्तिम म्याद असार ९ गतेसम्म रहेको छ । यसअघि कम्पनीले चैत २९ गतेबाट वैशाख ७ गतेसम्म संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो । सो समयमा बिक्री नभएको संस्थापक समुहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो ।
कम्पनीको बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गरेको छ । विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ । साथै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौडा, मकवानपुर, शाखा कार्यालय पुतलीसडक, काठमाडौं, चितवन, पोखरा र बुटवलबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।