ग्रीन डेभलपमेन्ट बैंकको कामु सीईओको जिम्मेवारीमा हरि बुढाथोकी

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा हरि बहादुर बुढाथोकीलाई चयन गरेको छ ।
बैैंकका सीईओ उमेश कुमार आचार्यको ४ वर्षे कार्यकाल जेठ ३१ गते समाप्त भएको हो । उनको कार्यकाल समाप्त भएसँगै बैंकको जेठ ३१ गते बसेको संचालक समितिको बैंठकले असार १ गतेदेखि लागू हने गरी बुढाथोकीलालाई कामु सीईओ चयन गर्ने निर्णय गरेको हो ।
