महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र हेटौडा ५ स्थित रिगल हेटौंडा रिसोर्ट.बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले रिसोर्टका सेवामा आकर्षक छुट प्राप्त गर्न सकिन्छ ।
सो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिजा इएमभि चिप बेस्ड ट्राभल कार्ड, इकमर्स कार्ड, र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस्ड ट्राभल कार्ड, इकमर्स कार्ड र डलर कार्ड जारी गर्ने एक मात्र विकास बैंकः महालक्ष्मी विकास बैंक रहेको छ ।